काठमाडौँ, २२ भदौ । भेरी अस्पतालमा उपचार गराइ रहेका थप दुई संक्रमित महिलाको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार सल्यान, दर्मा गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया महिला र दाङ, शान्तिनगर गाउँपालिका वडा नम्बर १ की ५८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
भेरी अस्पतालमा गत असार १७ गते भर्ना भएकी सल्यान ६ की ३० वर्षिया महिलाको मंगलबार बिहान १ बजेर ३० मिनेटमा मृत्यु भएको हो ।दाङ, शान्तिनगर १ की ५८ वर्षीया महिलाको पनि सोमबार राती मृत्यु भएको थियो । भेरी अस्पतालमा यही भदौ ४ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएपछि सोही दिन भर्ना गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्