समाचार

आजको मौसम



काठमाडौँ, २५ भदौ । आज विहान देशभर आँशिकदेखि सामान्य वदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै काठमाडौंमा आज आंशिक बदलीको सम्भावना रहेको छ । देशभर करिब काठमाडौँकै जस्तै मौसम हुने छ ।

आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी तीन दिन भारी वर्षा गराउने मौसमी प्रणाली विकास भएको छैन । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागको आग्रह छ ।