काठमाडौँ, २५ भदौ । अवैध रुपमा क्यान्सरको औषधि विक्री गरेको अभियोगमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार महाराजगंज घर भई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका, ८ गल्फुटार बस्ने १९ वर्षीय प्रवल भण्डारीलाई पक्राउ गरिएको हो ।
करिब ९ लाख रुपैयाँ मूल्य बराबरका विभिन्न औषधिसहित बुधबार प्रहरीले पक्राउ गरेको हो । बुढानिलकण्ठ गल्फूटार क्षेत्रमा केही व्यक्तिले क्यान्सर रोगको उपचारमा प्रयोग हुने महंगा औषधिहरु भन्सार छली अवैध रुपमा कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा उक्त औषधि बिना लाइसेन्स विक्री गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्