काठमाडौँ, २५ भदौ । काठमाडौँका थप दुई स्थानमा ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याइएको छ ।
आजदेखि दरबारमार्गको महेन्द्रशालीक र ज्ञानेश्वर ओरालो चोकमा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
एनसेलसँग समन्वय गरी महेन्द्रशालीक र कामना सेवा बिकास बैंकको सहयोगमा ज्ञानेश्वर ओरालोमा नयाँ ट्राफिक सञ्चालनमा ल्याइएको महाशाखाले जनाएको छ । यसअघिनै महाशाखाले राजधानीका विभिन्न स्थानमा ट्राफिक लाइट सञ्चालनमा ल्याएको थियो ।










प्रतिक्रिया दिनुहोस्