Banner News

एमाले स्थायी कमिटी बैठक ३ बजे पुन: बस्ने



काठमाडौँ, २६ भदौ । नेकपा एमालेको स्थायी कमिटीको शनिबार विहान बसेको बैठकमा आगामी विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिबारे छलफल भएको छ ।

पार्टी प्रचार विभाग प्रमुख योगश भट्टराईका अनुसार विधान महाधिवेशनमा करिब ३ हजार जना प्रतिनिधि सहभागी गराउने विषयमा छलफल भएको छ । तर को को सहभागी हुने भन्ने विषय टुंगिएको छैन । त्यसका लागि शनिबार दिउँसो ३ बजे पुन बैठक बोलाइएको छ ।

उनका अनुसार विधान महाअधिवेशनमा हालको केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकाय, केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहभागी गराउने प्रस्ताव पार्टी संगठन विभागले राखेको छ ।

त्यस्तै दिउँसो ३ बजे हुने बैठकमा विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक, संगठनिक र विधानसम्बन्धी छुट्टाछुट्टै दस्तावेजमाथि पनि छलफल हुने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।