Banner News

एमालेको टिप्पणी सुन्नुपर्छ र उचित हल दिने जिम्मा सभामुखको हो: नेता भट्टराई



काठमाडौँ, २६ भदौ । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले आफूहरुसँग संवाद नै गर्न नचाहेको बताएका छन् ।

अज पार्टीको स्थायी कमिटी बैठकबारे पत्रकारसँग कुराकानी गर्ने क्रममा उनले सभामुखले एमालेले उठाएको विषयमा छलफल गरेर निकास दिनुपर्ने बताए ।

नेता भट्टराईले सभामुखले एमालेको कुरा सुन्नै नचाहेकाले समस्या भएको बताए । ‘सभामुख संवादमा आउनै चाहनुभएन, उहाँले हाम्रो संसदीय दलको नेतासँग कुरा गर्नुपर्‍यो’ उनले भने, ‘‘एमालेको टिप्पणी सुन्नुपर्छ र उचित हल दिने जिम्मा सभामुखको हो ।’