राजनीति

महोत्सवमा ओलीलाई बोल्न लगाउन आग्रह गर्दै नाराबाजी



स्याङ्जा, १३ माघ । स्याङ्जाको वालिङमा आयोजित छैटौँ वालिङ महोत्सवमा मञ्चमा ढुङ्गामुडा भएको छ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य दिने क्रममा विद्युत् लाइन अबरुद्ध भएपछि सहभागिहरुले मञ्चमा ढुङ्गामुडा गरेका हुन् ।

ढुङ्गामुडाहुदा आयोजक समितिका केही सदस्य र अतिथिहरु घाइते भएका छन् । ओली बोल्ने क्रममा विद्युत् लाइन गएपछि बोल्न रोकिएको थियो ।

केही समय रोकिदा समेत आयोजकले जेनेरेटरको व्यवस्था गर्न नसक्दा रिसाएर मञ्चबाट ओली बाहिरपछि सहभागिहरुले मञ्चमा आक्रर्मण गरेका थिए ।

हेलिकप्टर जार्टर गरेर ओलीलाई महोत्सवमा ल्याएका आयोजकले अपमान गरेको भन्दै सहभागिहरुले ओलीलाई बोल्न लगाउन आग्रह गर्दै नाराबाजी गरेका थिए ।