Banner News

संसदमा एमालेद्वारा पुन: नाराबाजी



काठमाडौँ, २७ भदौ । प्रतिनिधिसभाको आजको बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध पारेका छन् ।

आज सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरेपछि १५ मिनेटको लागी संसद बैठक स्थगित भएको छ ।

नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।