Banner News

थप ९११ जनामा कोरोना संक्रमण, १४२३ जना डिस्चार्ज



काठमाडौँ, २७ भदौ । थप ९ सय ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ७७ हजार १ सय ६३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ७ सय ५७ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ४ सय २३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ३९ हजार ४ सय ५७ जना रहेको छ । आज  १३  जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ९ सय ४९ जना पुगेको छ ।