Banner News

बजेटको प्रतिस्थापन विधेयक आजै पास गर्ने सरकारी तयारी



काठमाडौँ, २९ भदौ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा बजेटको प्रतिस्थापन विधेयक पास गर्ने सरकारी पक्षको तयारी छ । तर, त्यसलाई जसरी पनि रोक्ने रणनीति नेकपा एमालेले अख्तियारी गरेको छ । एमालेका सांसदको अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयक ल्याएका थिए । त्यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १५ जेठमा अध्यादेशमार्फत ल्याएको बजेट वर्तमान सरकारले थपघट गरेको छ ।

मंगलबारको सम्भावित कार्यसूचीमाअर्थमन्त्री शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।