Banner News

सरकारका कारण बजेट होलिडेको अवस्थामा पुग्‍यो: नेता नेम्वाङ



विराटनगर, ३० भदौ । नेकपा एमालेका उपनेता सुवास नेम्वाङले सरकारकै कारण बजेट होलिडेको अवस्थामा पुगेको बताएका छन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसअघि एमाले विभाजनका लागि हतार-हतार अधिवेशन अन्त्य गरेको र समयमा नै बजेट पास गर्न सरकारले ध्यान नदिएको बताए ।

उनले भने, ‘प्रतिपक्ष सदन अवरुद्धमा उत्रेको छ, सदन अवरुद्ध गर्ने यतिका दिनसम्म कामकारवाही पश्चात किन सत्ता पक्ष पटक्कै यसबारेमा ध्यान पुर्‍याइरहेको छैन, छलफल गरेको छैन, यस्तो बेलामा सभामुखले दिनमा १५ पटक छलफल राख्नुपर्छ, ‘सभामुख हाम्रो नेता हो, संसदमा रहेका सम्पूर्ण दलको नेताजस्तो व्यवहार गुर्नपर्छ, उहाको व्यवहार त्यस्तो भएन कि भन्ने प्रश्न मनमा उब्जिएको छ ।’