बुटवल, ३० भदौ । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले एमालेविरुद्ध असफल नेताहरुको गठबन्धनले एमालाई घेराबन्दी गर्ने कोशिश गरेको बताएका छन् ।
नेकपा एमाले रुपन्देहीको कार्यकर्ता भेलालाई बुधबार बुटवलमा सम्बोधन गर्दै नेता रायमाझीले असफल नेताहरुको महागठबन्धनलाई एमालेले असफल पारेर फेरि सत्ताको नेतृत्वमा पुग्ने दाबी समेत गरेका छन ।
उनले भने, ‘विगतमा असफल भएका नेताहरुको महागठबन्धनले एमालेविरुद्ध घेराबन्दी गर्ने चेष्टा गरेको छ । तर एमालेले त्यो घेराबन्दीलाई असफल पार्ने र फेरि सत्ताको नेतृत्वमा पुग्छ ।’
एमाले र माओवादी केन्द्रबीचको एकता हुँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पापी मन राखेर एकता गरेको रायमाझीले आरोप लगाए । पदका लागि प्रचण्डले पार्टी एकता तोडेको उनको आरोप छ ।










प्रतिक्रिया दिनुहोस्