Banner News

४४ लाख डोज खोप लिन निगमको जहाज चीन जाँदै



काठमाडौँ, ३१ भदौ । चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सरकारले खरिद गरेको खोप लिन आज राति ११ बजे वाइडबडी विमान चीन जाने भएको छ । उक्त खोप लिएर भोलि दिउँसो २ बजे जहाज नेपाल आउने छ ।

सरकारले ६० लाख डोज खरिद गरेकामा यसअघि १६ लाख डोज खोप नेपाल आइसकेको छ ।