Banner News

माधव नेपाल ‘होम सिक’ भएर एमालेमै फर्किन्छन्ः नेता भट्टराई



पोखरा, १ असोज । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माधवकुमार नेपाल सिक भएर एमालेमै फर्किने बताएका छन् ।

पोखरामा प्रेस चौतारी नेपाल कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले विदेश गएका मानिसहरु काम गर्न नसकेर घर फर्किएजस्तै माधव नेपाल पनि एमालेमै फर्किने बताए ।

उनले भने,‘समाजवादी पार्टीका नेतारकार्यकर्ताको मनमा एमाले छ । उहाँहरु एमालेभन्दा बाहिर बस्न सक्नुहुन्न, ‘उहाँहरु एमाले सिक भएर फर्किनुहुन्छ ।’

माधव नेपालकै सहमतिमा कार्यदल बनाइएको, नेपालकै रोहबरमा १० बुँदे सहमति गरिएको तर नेपालले नै नमानेर हिँडेको भट्टराईको भनाइ थियो । ‘पार्टीभित्र केही विमति थियो । त्यसलाई वैधानिक ढंगले छलफलबाट हल गर्ने हो । पार्टीभित्र छलफल नगरी माधव नेपालले आफ्नै हिसाबले पार्टी फोर्नुभयो,’ भट्टराईले भने, ‘पार्टीभित्र विमति हुनेबित्तिकै विभाजन गर्ने होइन ।’