काठमाडौँ, १ असोज । थप १ हजार ५ सय ५८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८३ हजार ७५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ४ सय ९७ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १ हजार ३ सय ५१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ४६ हजार ५ सय ६६ जना रहेको छ । आज १० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार १२ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्