काठमाडौँ, २ असोज । थप १ हजार ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८३ हजार ९ सय १० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ८२ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १ हजार २ सय ३४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ४७ हजार ८ सय जना रहेको छ । आज १६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार २८ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्