राजनीति

झलनाथ खनाललाई राष्ट्र गौरव पदक



काठमाडौँ, ३ असोज । सत्तारुढ गठबन्धनका नेता तथा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्र गौरव पदक प्राप्त गरेका छन् ।

संविधान दिवसका अवसरमा नेता खनाललाई राष्ट्र गौरव पदक प्राप्त गरेका छन् भने खनालसँगै नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमसेरले पनि मरणोपरान्त सो पदक पाएका छन् । राष्ट्र गौरव पदक पाउने दुईजनामात्र छन् ।

कांग्रेस पार्टीका संस्थापक तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्नबाट विभूषित गरिएको छ । यो राज्यबाट प्रदान हुने सबैभन्दा माथिल्लो विभूषण हो । त्यस्तै सत्ता गठबन्धनकै नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालले राजनीतिक अभियन्ताका रुपमा प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्राप्त गरेकी छन् । यो पदक पाउनेमा मुख्यसचिव शंकरदास वैरागी, प्रधान सेनापति प्रभुराम शर्मादेखि न्यायाधीश अनिल सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी, महान्यायाधिवक्ता खम्मबहादुर खातीलगायत छन् ।

त्यस्तै सत्तारुढ गठबन्धनकै नेता नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका स्वर्गीय पिता मंगलप्रसाद उपाध्यायलाई प्रबल जनसेवाश्री पदकबाट विभूषित गरिएको छ ।