समाचार

कौडा खेलिरहेको अवस्थामा १७ जना पक्राउ



झापा, ६ असोज । झापाको दमक नगरपालिका-१ बाट कौडा खेलिरहेको अवस्थामा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मंगलबार राति हिमाल देवानको घरको भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट नगद ४ लाख २७ हजार ६ सय रुपैयाँ र १६ थान कौडा बरामद गरेको छ । पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय झापाले जनाएको छ ।