Banner News

थप ८३४ जनामा कोरोना संक्रमण, १२७९ जना डिस्चार्ज



काठमाडौँ, १० असोज । थप ८ सय ३४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ९१ हजार ३ सय ९२  जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १९ हजार १ सय ४२ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार २ सय ७९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ६१ हजार १ सय ५४ जना रहेको छ । आज ९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ९६ जना पुगेको छ ।