राजनीति

राष्ट्रिय सम्मेलनको मोडल तयार गर्न माओवादी बैठक बस्दै



काठमाडौँ, १२ असोज । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

पार्टी केन्द्रीय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा सोमबारको बैठकमा पेश भएका तीनवटा प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनको मोडल कस्तो हुने भन्ने प्रस्ताव, संगठन विस्तारसम्बन्धी प्रस्ताव र पार्टी स्कुलिङ सम्बन्धी प्रस्तावमाथि आजबाट छलफल सुरु हुने स्रोतले जनाएको छ ।

राष्ट्रिय सम्मेलनसम्बन्धी प्रस्तावमा आगामी महाधिवेशनका लागि सदस्यता वितरण तथा नवीकरण, सेल तथा टोल, वडा भेला र पालिकास्तरीय भेलाको मिति परिवर्तन गर्न प्रस्ताव गरिएको छ ।