समाचार

आजको राशिफल



वि सं २०७८ साल असोज १३ गते, बुधबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ सेक्टेम्बार २९ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– अष्टि, १६ः५४ बजे उप्रान्त नवमी । नक्षत्र– आद्र्रा, २१ः१९ बजे उप्रान्त पुनर्वशु । योग– वरियान्, १७ः४७ बजे उप्रान्त परिघ । करण– कौलव १६ः५४ बजेदेखि तैतिल, २९ः४२ बजे उप्रान्त वणिज । काठमाडौंमा सूर्योदय बिहान ५ः५६, सूर्यास्त बेलुकी ५ः५१ बजे ।

मेष : उच्च पदस्थ व्यक्तिको सहयोगले काम बन्ने छ । आर्थिक लेनदेन गर्दा सजक रहनु होला । पारिवारिक सम्बन्ध प्रगाढ बन्ने छ । स्वास्थ्यमा सामान्य समस्या आउने देखिन्छ ।

वृष : शारिरीक स्फूर्ति बढने छ । रोकिएका काम बन्नाले आर्थिक समृद्धि हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछन् । अध्ययन क्षेत्र राम्रो हुने छ । मध्यान्नदेखि राम्रो हुनेछ ।

मिथुन : व्यपार व्यवसायमा राम्रो हुने छ । प्रेमप्रेमिका सँगको सम्बध राम्रो रहने छ । महत्वपूर्ण कामको थालनी हुने योग छ भने अध्ययमा समय दिइने छैन ।

कर्कट : मनमा अनेक कुराहरू खेल्नाले कार्यक्षेत्रमा समस्या आउने छ । सामान्य अवस्थामा पनि वादविवाद हुने हुँदा संयमित रहनु होला । यात्राको योग पनि रहेको छ ।

सिंह : झुटो आरोपको सामना गर्नुपर्ने छ । मित्रजनदेखि भने सहयोग पाइने छ । विद्यार्थी जीवन राम्रो रहने छ । आर्थिक क्षेत्र त्यत्तिराम्रो राम्रो रहने छैन् । मध्यान्नदेखि राम्रो हुने योग छ ।

कन्या : पारिवारिक सम्बन्धमा सामान्य विवाद हुनेछ । आर्थिक व्यवस्था राम्रो हुने छ । वैदेशिक यात्रा तथा कार्य बन्ने छन् । राजनैतिक क्षेत्रमा त्यत्ति राम्रो हुने छैन ।

तुला : व्यपार व्यवसायमा लगानी बढाउनु राम्रो हुने छ । साथीभाइसँगको मिलन राम्रो रहेछ । अध्ययन क्षेत्र राम्रोरहे छ । विहानी पख सामान्य स्वास्थ्या रहनेछ । यात्राको अवसर मिल्ने छ ।

बृश्चिक : नसोचेक ठाऊँदेखि पैसा आउने छ । प्रेमप्रस्ताव आउनेछ । शत्रु परास्त हुनेछन् । धार्मिक तथा मांगलिक कार्यमा समय व्यतित हुने छ । पारिवारीक सम्बध राम्रो रहने छ ।

धनु : मित्रजनदेखि टाढिनु पर्ने हुँदा मनमा खिन्नता हुनेछ । दाँतको समस्या आउने हुँदा दिनभर नै तनावयुक्त हुने छ । आर्थिक क्षेत्र त्यत्ति राम्रो हुने छैन केही रोकिएका कामहरु बन्नेछन् ।

मकर : सामान्य कुरामा पनि छिटो रिस उठ्ने छ । आवश्यकता अनुसार भेटघाट गर्नुहोला । आर्थिक क्षेत्र राम्रो रहने छ । स्वास्थ्यमा समस्या आउनसक्छ ।

कुम्भ : मानसम्माना तथा आर्थिक उन्नतिको योग रहेको छ । महत्वपूर्ण कार्यहरू बन्नेछन् । पारिवारिक सम्बन्ध प्रगाढ बन्नेछ । स्वास्थ्यमा मध्यानदेखि सामान्य समस्या हुने छ ।

मीन : आर्थिक क्षेत्र राम्रो रहने छैन । विश्वासिलो व्यक्तिले धोका दिनेछन् भने स्वास्थ्यमा पनि सामान्य समस्या आउने छ । मध्यान्नदेखि केही सजिलो हुनेछ ।