Banner News

परम्पराका नाममा प्रचलित अव्यवहारिक पक्षहरूलाई समयानुकूल सुधार गर्दै जानुपर्छ: राष्ट्रपति भण्डारी



काठमाडौँ, १३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले परम्पराका नाममा प्रचलित कतिपय अव्यवहारिक पक्षहरूलाई समयानुकूल सुधार समेत गर्दै जानुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितिया पर्व मनाउनुहुने सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले भौगोलिक‚ सामाजिक र सांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकमा मनाइने यस्ता पर्वहरूले परिवार र समुदायमा आपसी प्रेम‚ विश्वास र सहयोगको भावनालाई प्रगाढ बनाउनुका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको बताउनुभएको छ ।