Banner News

थप ११५७ जनामा कोरोना संक्रमण, १११३ जना डिस्चार्ज



काठमाडौँ, १३ असोज । थप १ हजार १ सय ५७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ९४ हजार १ सय ६३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ९३ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार १ सय १३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ६४ हजार ८ सय ४७ जना रहेको छ । आज ८  जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार १ सय २३ जना पुगेको छ ।