राजनीति

‘एमालेले अवरोध गरिरहे संसद् चलाइरहनुको अर्थ छैन’ : माओवादी



काठमाडौँ, १३ असोज । नेकपा माओवादी केन्द्रले प्रतिपक्षी एमालेको विरोधकाबीच संसद् अधिवेशन चालु राख्नुको अर्थ नरहेको बताएको छ ।

आजको स्थायी कमिटी बैठकपछि प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर एमालेसँग सहमति गरेर संसद् अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “सदन नेकपा एमालेले अवरोध गरिरहेको अवस्था छ । सरकारको तर्फबाट विपक्षीसँग वार्ता गरेर सदन खुलाउनुपर्छ भन्ने हो । त्यसका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने कुरा छ । भोलि सर्वदलीय बैठक बोलाएर सहमति बन्यो भने अजेन्ट एजेण्डा अघि बढ्ला । यदि प्रतिपक्षले अवरुद्ध गरिरह्यो भने तत्काल संसद् चलाइरहनुको अर्थ छैन् ।”