काठमाडौँ, १६ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काम गर्न नसक्नेहरूको गुणगान नगाउन कार्यकर्ताहरूलाई अपिल गर्नुभएको छ ।
काँग्रेस काठमाडौँ महानगरको अधिवेशन उद्घाटन गर्नुहुँदै नेता सिंहले वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरूले विश्राम लिनुपर्ने बताउनुभयो । आफूले २०७४ सालमा काँग्रेस तीन तहको निर्वाचनमा नराम्ररी पराजित भएसँगै आफूले सभापति देउवालाई असफल नेता भएकाले राजीनामा दिन माग गरेको बताउनुभयो । सभापति देउवाले आफ्नै गृह जिल्ला डडेलधुरामा जिल्ला सभापतिलाई बाइपास गरेर शक्ति प्रदर्शन गरेको उहाँले आरोप लगाउनुभयो ।
नेता सिंहले जनतासँग विश्वासको मत लिन जाने हो भने जनताले नेतृत्व परिवर्तन गरेर आऊ भन्ने अवस्था आएको पनि दावी गर्नुभयो । सभापति देउवाले लोकतान्त्रिक दल नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र नै कमजोर बनाएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘१३औँ महाधिवेशन पश्चात् उहाँहरूले अवसर त पाएकै हो नि । तर, क्रियाशील मिलाउन नसकेर समय सकिँदा पनि अधिवेशन गर्न सकेको छैन । अनि किन गुणगान गाउने रु पार्टी सभापतिकै जिल्लाको अनशन पार्टी अफिसमा, जिल्ला सभापतिलाई शक्ति देखाएर बाइपास गरेको छ । देश लोकतान्त्रिक बनाउने पार्टीलाई लोकतान्त्रिक भन्ने तर आफ्नै पार्टीको लोकतन्त्रलाई बेवास्ता गर्ने ?’










प्रतिक्रिया दिनुहोस्