भक्तपुर, १९ असोज । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मध्यपुर थिमि नगरपालिका-३ कौशलटारमा गएराति ना३२प ६६७३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक पर्साको हरिनाथगंजका ३० वर्षीय लोकनाथ ठाकुरको इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
अनियन्त्रित भई मोटरसाइकल रेलिङमा ठोक्किएर दुर्घटना हुदा मोटरसाइकलको पछाडि बसेका वीरगञ्जका सियाराम सिंह गम्भीर घाइते भएका छन् । उनी नेपाल प्रहरीमा कार्यरत छन् । उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
उक्त दुर्घटना भ बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्