राजनीति

चार जिल्लाका सिडिओको सरूवा



काठमाडौँ, २३ असोज । गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ ।

गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको हो ।

जसमा झापाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीलाई रौतहट, सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई पर्सा, रौतहटका प्रमुख जिल्ला अधिकारीलाई सुनसरी र गृह मन्त्रालयमा कार्यरत उपसचिव सूर्य बहादुर खत्रीलाई बाँकेको प्रमुख जिल्ला अधिकारी बनाएर सरूवा गरेको छ ।