समाचार

१२ जना जुवाडे पक्राउ



दाङ, २४ असोज । दुई लाख बढी रकमसहित दाङको घोराही उपमहानगरपालिका वडा नं. ९ दुबीचौरबाट १२ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय श्यामलाल चौधरीको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले शनिबार बिहान एक बजे दुई लाख सात हजार बढी रकमसहित १२ जनालाई पक्राउ हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।