काठमाडौँ, २४ असोज । कर्णाली नदीमा डुंगा पल्टिँदा एक युवती वेपत्ता भएकी छिन् ।
वडा अध्यक्ष शंकर बहादुर कामीका अनुसार आज बिहान ९ बजे सुर्खेतको चौकुने गाउँपालिका–१० र कैलालीको मोहन्याल गाउँपालिका–३ को बीच भागमा डुंगा पल्टिँदा चौकुने गाउँपालिका–१० की १८ वर्षीया अनिता विक वेपत्ता भएकी हुन ।
घरको लागि कमेरो र माटो ल्याउन मोहन्याल गाउँपालिका जान लागेकी विक नदीमा खसेर बेपत्ता भएकी हुन् ।










प्रतिक्रिया दिनुहोस्