Banner News

मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु



मुगु, २६ असोज । मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्घटनामा २३ जनाको मृत्यु भएको पुष्टि गरे । नेपालगञ्जबाट गमगढीका लागि छुटेको बस छायाँनाथ रारा नगरपालिका ७ पिना गाउँमा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । दशैँमा घर जाने यात्रु बोकेको बस सडकबाट निकै तल खसेको बताइएको छ । अहिले जिल्ला प्रहरी प्रमुखसहितको टोली घटनास्थलमा पुगेको छ । घाइतेको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर घटनास्थलतर्फ गएको छ ।