Banner News

थप ७९२ जनामा कोरोना संक्रमण, ९१० जना डिस्चार्ज



काठमाडौँ, २६ असोज । थप ७ सय ९२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ३ हजार ५ सय ५२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ५ सय ५४ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ९ सय १० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ७७ हजार ७ सय ४३ जना रहेको छ । आज १४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार २ सय ५७ जना पुगेको छ ।