अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १ कार्तिक । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ७ सयले बढेर प्रतितोला ९१ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।