Banner News

मन्त्रिपरिषद्को बैठकले गर्यो ६ वटा महत्वपूर्ण निर्णय (सूचीसहित)



काठमाडौँ, १ कार्तिक । आज बसेको मन्त्रिपरिषद्को बैठकले ६ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले ६ वटा निर्णयहरु गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

निर्णयहरु

१. मोहम्मद जयन्तीका अवसरमा भोलि मुस्लिम समूदायलाई सार्वजनिक विदा दिने, २. आवुधाबी डायलगको छैटौँ मन्त्रिपरिषद् परामर्श बैठकमा सहभागी हुन श्रममन्त्रीलाई स्वीकृत दिने, ३. विभिन्न मन्त्रालयहरूमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने, ४. आर्थिक कार्यविधि एवम् वित्तीय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको उनले बताए । ५. मन्त्रिपरिषद्ले लोकसेवा आयोग र बढुवा समितिको सिफारिसअनुसार राजपत्राङ्कित प्रथम श्रेणीका विभिन्न पदहरूमा नियुक्ति गर्ने, ६. साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडीहरूलाई जनही पाँच लाख दिने निर्णय गरेको छ । त्यस्तै प्रशिक्षकहरूलाई पनि जनही ३ लाख दिने निर्णय गरेको हो ।