समाचार

आजको मौसम



काठमाडौँ, ४ कार्तिक । आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली रही वर्षा भइरहेको छ । प्रदेश १ र वाग्मती प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य वदली रहने छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशहरुका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य वदली रहने छ । प्रदेश  १ र गण्डकी  प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

केही दिन परेको निरन्तरको भारी वर्षा गराउने प्रणाली बााहिरिसकेकाले अब ठूलो वर्षा हुने छैन । काठमाडौँमा आज बिहानबाट घाम लाग्न थालिसकेको छ । घाम पूर्णरुपमा नलागेर बदली भए पनि अब भारी वर्षा नहुने सम्भावना रहेको विभागले जनाएको छ ।

हाल भारतको बिहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ ।