काठमाडौँ, ४ कार्तिक । नेकपा एमालेको १०औं महाधिवेशन चितवनमा हुने भएको छ ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ सम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको सचिव गोकर्ण बिष्टले जानकारी दिनुभयो ।
महाधिवेशनको तयारी गर्न मूल व्यवस्थापन समिति पनि गठन भएको छ । रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन भएको हो । अर्को बैठक शुक्रबार दिउँसो २ बजे फेरि बस्ने भएको छ । माओवादी अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा महाधिवेशन गर्न एमालेले बादलको संयोजकत्वमा समिति गठन गर्नुलाई अर्थपूर्ण रुपमा लिइएका छ ।










प्रतिक्रिया दिनुहोस्