Banner News

उपाध्यक्ष रावलद्वारा कार्यदलबाट राजीनामा



काठमाडौँ, ५ कार्तिक । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिनुभएको छ ।

शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उहाँले राजीनामा दिनुभएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि बढेको उहाँले गुनासो गर्नुभयो । उहाँले भभन्नुभयो, ‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ ।’

स्थायी कमिटी बैठकमा रावलले १० बुँदे सहमतिका विषयमा फरक मत राख्दै उहाँले स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि असहमति जनाउनुभयो ।