Banner News

थप ५१३ जनामा कोरोना संक्रमण, ८१७ जना डिस्चार्ज



काठमाडौँ, ६ कार्तिक । थप ५ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ८ हजार ५ सय ३४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ५९ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ८ सय १७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ८६ हजार ६ सय ३० जना रहेको छ । आज ८ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४५ जना पुगेको छ ।