Banner News

मलाई अपराधि सावित गरेर संघीयता उल्टाउने प्रयास भयो : अध्यक्ष प्रचण्ड



काठमाडौँ, ७ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई अपराधि सावित गरेर मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताउनुभएको छ ।

आइतबार काठमाडौँमा पदम विश्वकर्मा साहित्य प्रतिष्ठान र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रचण्डले आफूलाई नै अपराधी साबित गरेर मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताउनुभएको हो । जातीय विभेदका लागि भएका विद्रोहलाई समेत बदनाम गराउन खोजिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दलित, आदिवासी, जनजाति, महिलाका कुरा उठाएकै कारण आफूले अनेक आरोप खेप्नुपरेको बताउनुभयो ।

संघीय लोकतन्त्रीक गणतन्त्र र शान्तिका लागि बन्दुकको व्यवस्थापन गरेपनि मुलधार भनिने पार्टीहरुले अझैपनि पुरातन सोचमा नै रहेको उहाँको तर्क छ । कार्यक्रममा ज्योति स्पर्श र रातो बारुद पुस्तक लोकार्पण गरिएको थियो ।