Banner News

थप ५५७ जनामा कोरोना संक्रमण, ८७७ जना डिस्चार्ज



काठमाडौँ, ७ कार्तिक । थप ५ सय ५७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ९ हजार ५६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १० हजार २ सय १ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ८ सय ७७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ८७ हजार ५ सय ७ जना रहेको छ । आज ३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४८ जना पुगेको छ ।