समाचार

आजको मौसम



काठमाडौँ, ९ कार्तिक । देशका विभिन्न भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ । देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

हल्का वर्षाको सम्भावना र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेकाले कृषिजन्य कार्य र यात्रा गर्दा आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।