जनकपुरधाम, ९ कार्तिक । सिरहामा लागुऔषधसहित वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेकोछ ।
सिरहा प्रहरीका अनुसार सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ यादव लागुऔषधसहित सोमबार साँझ पक्राउ परेका हुन् ।
भारतबाट फर्किंदै गर्दा माडरमा जाँच गर्ने क्रममा वडाध्यक्ष यादवको साथबाट नाइट्रोभेट १५ पिस ट्याब्लेट बरामद भएको सिरहाका प्रहरीले जनाएको छ । सरकारी नम्बर प्लेटको स १ ब ९३८ नम्बरको मोटरसाइकलमा आइरहेका बेला उनको साथबाट लागुऔषध बरामद भएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्