Banner News

थप ६६६ जनामा कोरोना संक्रमण, ६२२ जना डिस्चार्ज



काठमाडौँ, ९ कार्तिक । थप ६ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १० हजार २ सय ९८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १० हजार २ सय ९६ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ६ सय २२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ८८ हजार ६ सय ३० जना रहेको छ । आज ११ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ३ सय ७२ जना पुगेको छ ।