भक्तपुर, ११ कार्तिक । नेकपा एमाले सूर्यविनायक नगर कमिटीको प्रथमः अधिवेशनबाट रबिन्द्र सापकोटाको अध्यक्षतामा ७५ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । कात्तिक ९ र १० गते भएको अधिवेशनबाट ७५ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो ।
कमिटीको उपाध्यक्षमा विनयम महत, सचिवमा शिवराम राउत, उपसचिवमा कमला पोखरेल, श्याम श्रेष्ठ गरी ७५ सदस्यीय नयाँ नेतृत्व चयन भएको नेकपा एमाले सूर्यविनायक नगर कमिटिले जनाएको छ ।
१० गते भएको बन्दसत्रमा अध्यक्ष सापकोटा र सचिव राउत निर्विरोध निर्वाचित भएका थिए भन्ने उपाध्यक्ष पदमा दुई जनाको र उपसचिवमा पदमा चार जनाको उम्मेद्वारी सर्वसम्मतिको प्रयासपछि उपाध्यक्ष पदका प्रत्यासि विश्वराम त्वयानाबासु र उपसचिव पदको प्रत्याशि चण्डिका मिश्र, दिनेश बस्नेत, राजन न्यौपानेले उम्मेद्वारी फिर्ता लिएपछि पदाधिकारी सर्वसम्मत भएको थियो ।
७० सदस्यीय पदाधिकारीका लागि ९५ जनाको उम्मेद्वारी परे पनि पार्टीको विधान अनुसार ३३ प्रतिशत महिलामा २५ जना महिला सहित भौगोलिक अनुसार वडागत रुपमा सर्वसम्मति गरि ७० जना सदस्यीय सर्वसम्मत निर्वाचित गरिएको नवनिर्वाचित अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निरन्तताकै रुपमा पूर्व नेकपा माओवादी केन्द्रमा सक्रिय रहेका ७ जनालाई सर्वसम्वत रुपमा नगर कमिटीको सदस्यमा निर्वाचित गरी एकीकृत नगर अधिवेशनको सन्देश दिइएको छ ।
बन्द सत्रमा अध्यक्ष सापकोटाले प्रस्तुत गरेको राजनीतिक तथा साँगठिनक प्रतिवेदन माथि प्रतिनिधिहरुको दशवटा समूह विभाजन गरी दशजना टोली नेताहरुले सुझाव दिएका थिए । बन्द सत्रमा नेकपा एमाले भक्तपुर जिल्ला कमिटी सचिव बासुदेव थापाको अध्यक्ष मण्डलको अध्यक्षतामा १३ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको थियो ।
उक्त अध्यक्ष मण्डलको सदस्यहरुमा जिल्ला कमिटी सदस्य जुना बस्नेत, राजकुमार जोशी, भागीरथा सिटौला, उप्रेन्द्र केसी, सानुकाजी कायस्थ, गोबिन्द्र चौलागाई, अनिल श्रेष्ठ, श्रीराम ब्याञ्जु, गौरब चौलागाई, दीपक विसुङ्खे रहेका थिए । त्यस्तै गोबिन्द चौलागाईको संयोजकत्वमा राजकुमार जोशी, अनिल श्रेष्ठ, श्रीराम ब्याञ्जु, दीपक विसुङ्खे र गौरब चौलागाई रहेको निर्वाचन समितिमा गठन गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्