राजनीति

सर्वोच्चका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन



काठमाडौँ, ११ कार्तिक । सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरव प्रसाद लम्सालको निधन भएको छ ।

उहाँको बिहीबार बिहान ८४ वर्षको उमेरका निधन भएको हो । स्वास्थ्य समस्याका कारण केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत लम्सालको आज बिहान निधन भएको परिवार स्रोतले जानकारी दिएका छन् ।

उहाँमा विगतमा मुटु सम्बन्धी समस्या थियो भने पछिल्लो पटक केही दिन अघि स्वास्थ्यमा थप समस्या भएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो । उहाँ लम्साल आयोगको प्रतिवेदनका कारण चर्चित हुनुहुन्छ । लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष हुनुहुन्थ्यो ।