काठमाडौं, ११ कात्तिक । प्रहरीले ३ किलो ४७० ग्राम चरेस र १८० ग्राम गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।
नरेफाटस्थित धमला दुध डेरी अगाडि सडकखण्डमा लागू औषध विक्रि वितरण गर्न लागेको विशेष सूचनाको आधारमा प्रहरीले मकवानपुर कैलास गाउँपालिका १ का १९ वर्षीय युवराज स्याङबो, काठमाडौं महानगरपालिका-३२ जडिबुटीका ३४ वर्षीय अबिनास राज भण्डारी र मकवानपुर हेटौडा उपमहानगरपालिकाका-२८ वर्षीय विवेक रुम्बालाई काठमाडौंको नरेफाटबाट पक्राउ गरेको हो ।










प्रतिक्रिया दिनुहोस्