विसं २०७८ साल कातिक १२ गते, शुक्रबार, कातिक कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार २९ तारिख । नेपाल संवत् ११४१ । कौलागा । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– अष्टमी, ९ः२१ बजे उप्रान्त नवमी । नक्षत्र– तिष्य ८ः१७ बजे उप्रान्त अश्र्लेषा । योग– शुभ, २३ः ४६ बजे उप्रान्त शुक्ल । करण– कौलव ९ः२१ बजेदेखि तैतिल, २१ः४१ बजे उप्रान्त गर । काठमाडौंमा सूर्योदय बिहान ६ः१३, सूर्यास्त बेलुकी ५ः२० बजे ।
मेष : व्यापार व्यवसायमा लगानी बढाउनुपर्ने हुन्छ । विभिन्न ठाऊँको अवलोकन गरिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राजनीतिक क्षेत्र राम्रो नरहला ।
वृष : पारिवारिक भेटघाटमा समय व्यातित हुनेछ । नसोचेको खर्च हुनाले मनमा अशान्ति हुनेछ । विहानै परेवालाई दाना दिनु होला समस्या टरेर जानेछ ।
मिथुन : आफन्तको तथा सामाजिका क्षेत्रमा सहयोगको लागि समय व्यतित हुनेछ । आर्थिक लाभहुनेछ । स्वास्थ्यमा सामान्य समस्या आइपर्नेछ ।
कर्कट : मान सम्मान पाइनेछ । विद्यार्थी वर्गको लागि राम्रो समय रहनेछ । सोचेअनुसार कार्य सम्पन्न हुनेछ । हनुमान चालिसा पाठ गर्नाले राम्रो हुनेछ ।
सिंह : महन्वपूर्ण भेटघाट तथा नयाँ अवसर प्राप्त हुनेछ । आफन्तमा सामान्य विवाद हुन सक्नेछ । कम बोल्नु नै राम्रो हुनेछ ।
कन्या : अध्ययनको लागि यात्रा गरिनेछ । स्वास्थ्यले साथ दिनेछ । प्रेम प्रस्ताव आउनेछ । आफन्तमा दुःखद् घटना घट्न सक्नेछ । महमृत्युञ्जय मन्त्र सुन्न तथा पाठ गर्नु राम्रो हुनेछ ।
तुला : व्यापार व्यवसायदेखि राम्रो हुनेछ । पारिवारिक सम्बन्ध राम्रो रहनेछ । मित्रजनको सहयोग रहिरहनेछ । सन्ध्याकालपछि भने मनमा अनेक कुराहरु खेल्ने छन् ।
वृश्चिक : मनोरञ्जन तथा भोजमा सहभागी भइनेछ । बोलेको कुरा हुनाले मानसम्मान प्राप्तहुनेछ । स्वास्थ्य राम्रो रहनेछ । पारिवारिक किचलो बढ्न सक्ने छ ।
धनु : राजनैतिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । धार्मिक तथा सामाजिक क्षेत्रमा समय व्यतित हुनेछ । अध्ययन गर्ने रुचि कम हुनेछ । रमाइलोसँग दिन वित्ने छ ।
मकर : वैदेशिक कार्य सम्पन्न हुनछ । अध्ययनमा सफलता प्राप्त हुनेछ । महत्वपूर्ण भेटघाट हुनाले कार्य सम्पन्न हुनेछ । स्वास्थ्यले साथ दिनेछ ।
कुम्भ : पारिवारिक भेटघाट तथा मनोरञ्जनको क्षेत्रमा समय व्यतित हुनेछ । रोकिएका कार्यहरु बन्ने छन् । प्रेमप्रेमिकाबीच सामान्य वादविवाद उत्पन्न हुनेछ ।
मीन : मनमा उत्साह तथा उमङ्ग थपिनेछ । राम्रो कार्य आरम्भ गरिनेछ । घर तथा जग्गा प्राप्त हुने योग रहेकोछ । आफन्तको सहयोग प्राप्त हुनेछ । अध्ययन अगाडि बढ्ने छ ।
ज्योतिष अर्जुनप्रसाद न्यौपाने










प्रतिक्रिया दिनुहोस्