समाचार

नक्कली सहीछाप गरेर जग्गा बेच्ने ३ जना कारागार चलान



सुर्खेत, १३ कार्तिक । अर्काको जग्गा बेचिदिने तीन जनालाई कारागार चलान गर्न उच्च अदालत सुर्खेतले आदेश दिएको छ ।

उच्च अदालतले वीरेन्द्रगर सुर्खेतका सन्तोष ठाकुरसहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

उच्च अदालतका न्यायाधीश राजेन्ऽ सुवेदी र राजेश्वर तिवारीको बिहीबारको संयुक्त इजलासले वीरेन्द्रनगर-२ भुरेलीका ठाकुरसहित, वीरेन्द्रनगर(५ का निर्मल पुरी र वीरेन्द्रनगर(२ का गोर्खबहादुर भन्ने गणेश बुढालाई कारागार चलान गर्न आदेश दिएको छ ।

उनीहरूले जग्गाका मालिक सौगात रावतको नक्कली सहीछाप गरी उनको जग्गा अर्कैलाई बेचेका थिए । रावतको उक्त सहीछाप विधि विज्ञान प्रयोगशालाबाट नमिलेको प्रमाणित भएको थियो । ठाकुरसहितले सहवीर कार्कीको नाममा राजीनामा लिखित पारित गरी लिएपछि मालपोतका कर्मचारीसहित यो प्रकरणमा मुछिएका थिए । यसअघि वैशाख १६ गते उनीहरूलाई सुर्खेत जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको थियो । जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै पीडित पक्षले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

ठाकुरबाट ५ लाख, पुरी र बुढाबाट ३ लाख रुपैयाँ धरौटी तोकिएको थियो । उच्च अदालतले उक्त आदेशलाई बदर गरी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।