Banner News

थप ३७२ जनामा कोरोना संक्रमण, ९११ जना डिस्चार्ज



काठमाडौँ, १३ कार्तिक । थप ३ सय ७२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १२ हजार १ सय ९४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय २६जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ९ सय ११ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९१ हजार २ सय ६९ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ३ सय ९९ जना पुगेको छ ।