Banner News

प्रचण्ड काशी जानु पर्ने कुतीको बाटो लागेः ओली




केपी ओली, अध्यक्ष, एमाले

सहमतिको सञ्जिवनी बुटी छ तपाईसँग ?

हामी सदैव संक्रमण कालको अन्त्य गर्नको लागि सहमतिको आवश्यकता छ । यतिबेला मुलभूत रुपमा स्थायित्व दिन, निर्वाचन गराउने कुरामा एक हुनपर्छ। सहमति आवश्यकता छ, मतभेद होलान् । अब मुलुकलाई सहमतिमै अघि बढाउने कुरामा म लागिपरिरहेको छु ।

उसो भए सहमति कसरी हुँदैछ ?

सहमति हुन्छ । अब त्यसमा कुराकानीहरु अघि बढेका छन् । हामीले सहमतिको एउटा मार्गचित्र बनाउनै पर्छ। तपाईले दुई चार दिनमै सहमतिका सूत्रहरु थाहा पाउनुहुन्छ ।
भनेपछि संविधान संशोधनको आवश्यकत्ता अब एमालेले देखेको हो ?

संविधान निमार्ण र त्यसको कार्यन्वयन अनि संविधानले देखाएका बाटारुलाई फराकिला बनाउनुपर्छ भनेर, तर काँग्रेस त्यसबाट हट्यो बिबिध प्रकारका स्वार्थहरू मिसिए । अहिले संक्रमणकालको अन्त्य गर्नको लागि हाल सरकारले सक्दैन ।

यो सरकार कुनै ठुलो उद्देश्यले बनेकै होईन । जे उद्देश्यले बन्यो त्यता जानु हुँदैन थियो तर गैराखेको छ । समस्या भनेको सत्तापक्षको हो । त्यसैले एमालेले अहिले संविधान संशोधन आवश्यकत्ता छैन भनिरहेको छ ।

तपाई र प्रचण्ड बीच सहमति भएको हो र ?

उहासँग सहमति गरेर कार्यान्वयन हुन्छ जस्तो मलाई लाग्दैन् । तर सहमतिको विकल्प छैन् । उहाँहरुले संविधान संशोधनबाट व्याक हुनुपर्छ ।

उसो भए सहमतिको लागि प्रधानमन्त्रीले के–के कुराहरू मान्नुपर्छ ?

अनुचित कुरामा निहुँ खोज्नुहुँदैन । जानुपर्ने पुर्व छ तर पश्चिम जाने । काँशी जाने कुतिको बाटो भनेझै राष्ट्रिय राजनीतिलाई अल्झाउँने काम भएकोछ । यस ढंगले राजनीति सफल हुँदैन। देशले निकास पाउँदैन ।

प्रधानमन्त्रीले संशोधन विद्येयक फिर्ता लिए भनेमात्रै सबै कुराको निकास निस्किन्छ ।

संविधान संशोधनको बिषय साझा बिषय हो, यसको बिपक्षमा एमालेजस्तो पार्टी किन उभियो ?

उहाँहरुले संविधान संशोधनका नाममा उठाएका कुरा कस्ता छन् त भन्दा राष्ट्र र जनतासँग प्रत्यक्ष जोडिएका छन् । जुन संशोधन गर्दा खेरि देशलाई फाईदा हुँदैन । दुरगामी असर पर्छ ।

रुपान्तरित संसदले सिमाको हेरफेर गर्न सक्दैन । संविधान संशोधन गर्न सकिने दस्तावेज हो । यति भन्दैमा जे पायो त्यहि संशोधन त गर्नुहुँदैन । अहिले संशोधन विद्येयक जो अघि बढेको छ, त्यसलाई अघि बढ्न ओलीले दिँदैन् ।

उसो भए संसदमार्फत संशोधन संभव हुँदैन ?

मैले अघि पनि भनें नि रुपान्तरित व्यवस्थापिका संसदबाट यो काम हुँदैन । चुनाव गर्ने हो । कानून निमार्ण गर्ने हो । यस संसदका आफ्नै सिमा छन् । अहिले संसद खुलेको छ, कानून तथा ऐनहरु निर्माण गरेर चुनावको मिति घोषणा गर्नुपर्छ ।

तपाई संविधान संशोधन प्रस्तावको बिपक्षमा हो ?

म संविधान संशोधनको विपक्षमा होईन । तर यो संशोधन प्रस्तावमा समावेश भएका बुँदामा हाम्रो बिमती हो । सिमाङ्कनको बिषयलाई लिएर प्रस्ताव बनाएर देशलाई कता लैजान खोजिदै छ ? जो कानुनले नै नदिएको बिषय हो । यो संविधान विरोधी काम हो ।

सिमांकन हेरफेरको प्रस्ताव त ओलीको आविष्कार हो भनेर प्रधानमन्त्रीले भन्नु हुन्छ नि ?

उहाँका कुरामा कुनै सत्यता हुँदैन । उहाँ जे पायो त्यही बोल्नुहुन्छ । उहाँका भनाईलाई सर्बोच्च अदालतमा स्पष्टीकरण दिनुपर्ने नेताका कुरा के विश्वास गर्नु । केही दिन अघि मात्र उहाँले मैले प्रधानन्याधिशसँग कुरा मिलाएँ भन्नुभएको थियो ।

तपाईले नै हिजो लुम्बिनीदेखि बर्दियासम्म एउटा प्रदेश बनाउने प्रस्ताव गरेको होईन र ? अहिले आएर यसको विरोध गर्नुको कारण के हो ?

त्यतिखेर त्यो प्रस्ताव मैले संवैधानिक सम्वाद समितिमा पेश गरेकै हुँ । त्यो गल्ती म बाट भएकै हो । त्यसैले मैले अहिले सच्याएको हुँ । राष्ट्रलाई अहित हुने भएर नै हिजो हामीले सुधार गर्यौँ ।

उसो भए ५ नम्बर प्रदेशको सिमाङ्कनमा कहाँ राष्ट्रघात देख्नुभयो त ?

त्यहाँका जनता र जनप्रतिनिधिको पनि यसबारेमा कुनै पनि चाहना छैन् । यो राष्ट्र हितको पक्षमा छैन् । त्यो नेपालको आवश्यकता होईन । यो सिमांकनले देशको राष्ट्रियता कमजोर बनाउँछ ।

प्रधानमन्त्री र कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेकै सहमतिमा संशोधन अघि बढ्छ भन्नुहुन्छ ?

मैले जहिले पनि भनि राखेको छु कि तपाई सबैले सुन्नु भएको छ। यस्ता निराधार कुरामा लागेर मैले बहस गर्नु उचित ठाँन्दिन । यो संशोधन प्रस्तावलाई म कुनै हालतमा समर्थन गर्न सक्दिन् । प्रचण्ड र देउवाले भनेर हुँदैन, त्यसमा मेरो सहमति छैन् ।

सदन चलाउनको लागि एमाले किन लचिलो भयो त ?

निर्वाचन गराउनको लागि लचिलो हुनुपर्ने आवश्यकत्ता थियो । निर्वाचसम्बन्धी ऐन, कानूहरु पारित गराउनको लागि हामी लचिलो भएका हौं । संशोधन विद्येयक पारित गराउनको लागि होईन् । एकदम चलिलो छ । हाम्रा सामू धेरै समस्याहरु छन् । यो सरकारले गर्नुपर्ने काम भनेको चुनाव हो ।

तपाईलाई संविधान संशोधनको विरोध त मधेशलाई अधिकार नदिने नेताको रुपमा चित्रण गरिएको छ नि ?

यस्तो प्रश्न तपाईले अलि बुझेर गर्नुपर्छ । संविधान संशोधन प्रस्ताव पढ्नुभएको छ, त्यहाँ के के भएको छरु नागरिकता, समावेशिता सबै कानुनमा व्यवस्था छ त । अनि सिमांकन गर्ने अधिकार छ र ? मैले जति मधेशको विकासको लागि बजेट कसले दिएको छ ? म जत्तिको मधेशवादी नेता कोही छैन् । म मधेशको विकास चाहाने मान्छे हुँ ।

उसो भए सिमांकनबाहेक सबै विषयमा तपाईको सहमति हो र ?

नागरिकता कसका लागि ? न्याय कसका लागि ? यदि नेपाली नागरिकले नागरिकता पाएको छैन भने राज्यले घरमा पुगेर उनीहरुलाई नागरिकता दिनुपर्छ । माँग्न आउँदा मात्रै दिने होईन । भाषामा पनि हाम्रो असहमति छ । नेपालमा भोजपुरी, अवधि, मैथिलीलाई मासेर भित्री रुपमा हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने खेलसहित यो संशोधनको विउ राएिको हो ।

सबै राजनीतिक दललेसंशोधन प्रस्ताव संवैधानिक छ भनिरहेको बेला एमालेले किन विरोध गरिरहेको छ ?

संवैधानिक नियम के हो ? कस्तो हो ? त्यो अध्ययन गर्ने मानिसलाई थाहा छ । सिमा र भाषा आजको आवश्यक होईन। संसदमा छलफल गर्ने थलो हो भनेर हामीलाई सिकाउनुपर्दैन् । राज्य र जनताको हित विपरित हामी कुनैपनि काम गर्न दिदैनौँ ।

तपाई अब प्रचण्ड नेतृत्वको विकल्पको खोजीमा हो ?

मैले किन खोज्ने ? उहाँ आँफै दुई महिनापछि सरकारबाट बाहिरिँदै हुनुहुन्छ । देउवाजी र उहाँबीच नै यस्तो सहमति भएको छ । उहाँहरूकोबीचमा एग्रीमेन्ट छ । मेरो सरकार विस्थापित गर्दा खेरि, कसले जोड्यो त्यो त सबैलाई थाहा छ ।

संविधान संशोधन नभएसम्म मधेशवादी दलले त चुनावमै भाग नलिने भनेको छ, अब कसरी चुनाव हुन्छ त ?

चुनावमा जानैपर्छ । अहिले चुनावको विकल्प नै छैन । चुनावमा जानको लागि संविधान संशोधन गर्नुपर्दैन् । तीन वटै निकायको चुनाव भएपछि मात्रै संविधान संशोधनबारे सोचौंला । तर अहिलेको आवश्यकत्ता भनेको नै चुनाव हो । त्यसको लागि सबै दलहरु तयार हुनुपर्छ । यसको विकल्प छैन् ।

एकाउन्न प्रतिशत मधेशी जनताले अधिकार पाएनन भनेर आवाज उठाईरहेका छन्, अनि तपाईले त्यो मतको कदर गर्नुपर्दैन ?

मधेशमा ५१ प्रतिशत जनसंख्या मधेशमा बस्दैनन् । यो आधिकारिक होईन र जान्ने मान्छेका कुरा होईनन् । म झापाको प्रतिनिधि हुँ । कुन ठाउँलाई मधेश भन्नु हुन्छ ? को हो मधेशको ठेकदार ? भाषाको बारेमा भोजपुरी, अवधि, मैथिली भाषीलाई विस्थापिति गर्ने र त्यहाँ जनताको मत विपरित कामगर्ने अधिकार कसैलाई छैन् ।

कांग्रेस र एमाले नमिले देशले निकास पाउँदैन भन्न खोज्नुभएको हो ?

कांग्रेस दलीय र व्यक्तिगत स्वार्थमा डुबेको छ । त्यहाँभन्दा माथि उठेको खण्डमा सहकार्य हुन सक्छ । तर अहिले सहकार्यको संभावना छैन् ।

तर तपाईले त अहिले काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन चाहानुहुन्छ रे ?

त्यस्तो अहिले केही भएको छैन । मेरो देउवाजीसँग पहिलेपनि सम्बन्ध राम्रै थियो । र अहिलेपनि उहाँसँग राम्रै सम्बन्ध छ ।

प्रचण्डसँग तपाईको सम्बन्ध चिसिएको हो ?

न चिसो न तातो ? उहाँजस्ता मान्छेले सत्ताका लागि जे गर्नु भयो त्यो राजनीतिक चरित्र होईन । म प्रचण्डजस्तो गर्दिन् ।

(पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीसँग पत्रकार ऋषि धमलाले हिमालय टेलिभिजनको कार्यक्रम ‘धमलाको हमला’मा गरेको कुराकानीको सम्पादित अंशः)