अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १४ कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।